राजधानी लाइभ, काठमाडौं ।
साउथ अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ।
मंगलबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ।
केही समयअघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो। टिजर सार्वजनिक भएसँगै प्रशंसाभन्दा धेरै आलोचना भयो।
यसैबीच निर्माण टिमले पुनः भिएफएक्स गर्न फिल्मको प्रदर्शन मिति सारेका थिए।
जनवरी १२ मा प्रदर्शन हुने भनिएको फिल्म जुन १६ मा सारिएको हो।
हिन्दी र तेलेगु भाषामा छायांकन भएको फिल्म ‘आदिपुरुष’ ओम राउतले निर्देशन गरेका हुन्। यो तमिल, मलयालम, कन्नडलगायत अन्य भाषामा समेत प्रदर्शन हुनेछ।
प्रतिक्रिया