५ आश्विन २०८०, शुक्रबार

शंखमुलबाट समातिए नक्कली भुटानी शरणार्थी प्रकरणका थप २ अभियुक्त



राजधानी लाइभ, काठमाडौं ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी (मानव तस्करी तथा बेचबिखन) बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टोखाका रामशरण केसी र गोविन्द चौधरी रहेका छन् । उनीहरुलाई मंगलबार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उनीहरु दुवै जना बिचौलिया हुन्।

उनीहरुलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। चौधरी मोरङ बेलबारीका हुन्।

यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन्। सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई र एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।

यही प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी अहिलेसम्म फरार छन्।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : ४८ बजे

१५ लाखभन्दा बढीको नक्कली नोटसहित २ जना पक्राउ

राजधानी लाइभ, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

राजधानी लाइभ, काठमाडौं। सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा

सरकार र आन्दोलनरत शिक्षकबीचको सहमतिमा के छ ?

राजधानी लाइभ, काठमाडौं। सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच

शाखा अधिकृत तहका ३९ कर्मचारीको सरुवा

राजधानी लाइभ, काठमाडौं। एकैपटक ३९ जना शाखा अधिकृतहरुको सरुवा भएको

१९ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ ? (सूचीसहित)

मन्त्रालयले आजै विभिन्न ३५ उपसचिव र ३९ शाखा अधिकृतको सरुवा