राजधानी लाइभ, काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने भएका छन् ।
गत आइतबार अर्थमन्त्री महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त उक्त प्रस्तावमाथिको छलफल आज सकिने कार्यव्यवस्था परामर्श समितिले जनाएको छ।
छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेभएका हुन्। प्रि(बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।
प्रतिक्रिया