१५ आश्विन २०८०, सोमबार

नेपालसँगै विश्वकप छनोट खेल्ने १० राष्ट्रको लाग्यो टुंगो



राजधानी लाइभ, काठमाडौं । आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने सबै १० देशको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार वर्षाका कारण रद्द भएपछि विश्वकप छनोट खेल्ने अन्तिम टोलीको टुंगो लागेको हो ।

आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा १० राष्ट्रले सहभागीता जनाउदै छन् ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ । सुपर लिगमा सहभागी रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे र नेदरल्यान्ड्सले यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । त्यसमा अब आयरल्यान्ड पनि थपिएको छ ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् । यसमा अब दक्षिण अफ्रिका थपिएको छ ।

यी हुन् १० टोली:

वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ४९ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि