राजधानी लाइभ, काठमाडौं । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ । ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौं ल्यान्ड गराइएको छ ।
आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट जहाज उडेको थियो। जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो।
१६ जना यात्रु लिएर उडेको नाइन एन एबीटी कल साइनको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।
प्रतिक्रिया