१५ आश्विन २०८०, सोमबार

गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने



राजधानी लाइभ, काठमाडौं ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैंमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन् ।

पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरीबलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले गृृह मन्त्रालयअन्तर्गत् गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइनेसमेत बताए ।

उनले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रुपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउनाका आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो परिणाम ल्याउन योगदान पु-याउने बताए ।

कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सहभागिता थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ४ : १५ बजे

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

राजधानी लाइभ, काठमाडौं ।  अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्

रोल्पामा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानी लाइभ, काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसिबी दुर्घटना हुँदा

दिल्लीस्थित अफगानी दूतावास बन्द

राजधानी लाइभ, काठमाडौं । नयाँदिल्लीमा रहेको अफगान दूतावास बन्द भएको

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापा, पूर्वसदस्यसचिव ढकाल र स्टोरकिपर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरणमा उनीहरुविरुद्ध मुद्दा

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

राजधानी लाइभ, चितवन । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि