राजधानी लाइभ, काठमाडौं ।
एनआईसी एसिया लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ५८.९३ प्रतिशतले घटेर २३ करोड २४ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ ।
यस लघुवित्तको अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ करोड ६० लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ३४.९६ प्रतिशतले घटेर ७७ करोड ६७ लाख ६६ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा पनि ५६.६३ प्रतिशतले घटेर ३३ करोड ४५ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ६६ पैसा छ । खराब कर्जा ३.४५ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया