१४ आश्विन २०८०, आइतबार

[अन्तर्वार्ता] प्रचण्ड सरकार ढल्दैन, जलहरि काण्डमा ओलीलाई अख्तियारले क्लिन चिट दिन खोज्यो : सांसद दाहाल



राजधानी लाइभ, काठमाडौं । 

नेकपा माओवादी केन्द्रका पोटिब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले पुष्पमकल दाहाल प्रचण्ड नेतृत्वको सरकार नढल्ने बताएका छन् । नेपाली कांग्रेससहितका गठबन्धनका दलहरुबीच कुनै मतभेद नरहेको बताउँदै सरकार नढल्ने र यही गठबन्धनको सरकार ५ वर्षसम्म कायम रहने समेत उल्लेख गरे ।

मंगलबार राजधानी लाइभसँगको विशेष अन्तर्वार्तामा सांसद दाहालले भ्रष्ट र दलालहरू प्रचण्ड सरकारसँग आत्तिएको समेत बताए ।

उनले भने, ‘प्रचण्ड सरकारले जसरी भ्रष्टहरूलाई जेलमा कोच्ने काम गरिरहेको छ, यसबाट दलालहरू आत्तिएका छन् । उनीहरू सुत्न सकेका छैनन् । यसबाट सरकारलाई दिइएको समर्थन प्राविधिक रूपमा घटे पनि  जनताको उत्साहजनक समर्थन छ । सरकार ढल्दैन, यही गठबन्धनको सरकार ५ वर्षसम्मै जान्छ ।’

यस्तै सांसद दाहालले पशुपतिनाथ मन्दिरमा जलहरि प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई क्लिन चिट दिन खोजेको आरोप लगाएका छन् ।

उनले सरकारसँग कुनै पनि समन्वय नगरी अख्तियारले रातारात जलहरि जोख्ने कुरा शंकास्पद रहेको समेत उल्लेख गरे ।

‘एमाले अध्यक्ष ओलीलाई  जोगाउन अख्तियारले रातारात अध्यक्ष ओलीलाई जोगाउन पशुपतिमा पुगेर जलहरि जोखेको नाटक गरेको छ । महालेखा परीक्षक कार्यालयले भ्रष्टाचार भएको भनेको विषयमा रातारात गरिएको यो चलखेल शंकास्पद छ ।’ उनले भने ।

हेर्नुहोस् सांसद दाहालबारे राजधानी लाइभले गरेको अन्तर्वार्ता (भिडियो)

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ७ : २५ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास