१४ आश्विन २०८०, आइतबार

‘टिकटक’माथि प्रतिबन्ध लगाउन युवराज सफलको माग, अबदेखि लाइभमा नबस्ने



राजधानी लाइभ, काठमाडौं ।

युवा राजनीतिज्ञ युवराज सफलले नेपालमा टिकटक बन्द गराउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । टिकटकका कारण नेपालमा अराजकता फैलिएको र यसको नियमन पनि नभएको भन्दै आफूले टिकटक बन्द गर्न माग गरेको उनले बताए ।

रवि लामिछानेविरुद्ध मुद्दा हालेर चर्चामा आएका सफलले टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता अपराध वृद्धि भएको निवेदनमा उल्लेख गरेका छन् ।

‘तत्कालका लागि टिकटक बन्द गराउन माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरूलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’, निवेदनमा भनिएको छ ।

उनले आफू अबदेखि टिकटक लाइभमा नबस्ने समेत घोषणा गरेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ८ : ३० बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास