राजधानी लाइभ, काठमाडौं ।
मारुती सुजुकीका गाडी तथा एसयूभी किन्दा १ लाखसम्म छुट र १ लाख बराबरकै एक्सचेन्ज सुविधा पाइने भएको छ । मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले दशैं तिहारमा यस्तो अफर ल्याएको हो ।
उक्त अफर अन्तर्गत ग्राहकले १ वर्षको निःशुल्क बीमा समेत प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार छुट्टाछुट्टै मोडलमा छुट्टाछुट्टै अफर हुनेछ ।
आर्थिक मन्दिका कारण शिथिल वनेको अटो बजारमा सुजुकीको उपस्थितीलाई बलियो बनाउन कम्पनीले दशैं आउनु भन्दा निकै अगाडी यस्तो स्किम ल्याएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया