राजधानी लाइभ, काठमाडौं ।
लिँदै नलिएको २१ लाख रुपैयाँ ऋण तिर्न ताकेता गर्दा राष्ट्र बैंकमा उजुरी परेपछि एनएआइसी एसिया बैंकमा खैलाबैला मच्चिएको छ ।
सामाजिक अभियन्ता नन्दराज उपाध्यायले सोमबार राष्ट्र बैंकमा एनआइसी एसिया बैंक खारेजीको माग गर्दै उजुरी दर्ता गरेपछि बैंकभित्र खैलाबैला मच्चिएको हो ।
सुर्खेतको वीरेन्द्रनगरस्थित एरि चोकमा रहेको बैंकको शाखाले ग्राहकलाई झुक्क्याएर खाता खोल्न लगाई ठगी गरेको भन्दै उपाध्यायले उजुरी गरेपछि शुक्रबार राष्ट्र बैंकले एनआइसी एसिया बैंकलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।
केन्द्रीय बैंकले उक्त प्रकरणबारे बोलाएपछि एनआइसी एसिया बैंकले उजुरीकर्ता उपाध्यायलाई सम्पर्क गरी गोप्य भेट गरेको छ । बैंकका उच्च अधिकारीमध्येका एक अर्जुन खनियाले उजुरीकर्ता उपाध्यायलाई शुक्रबार भेटेको स्रोतले बतायो ।
राष्ट्र बैंकले उक्त नक्कली ऋण प्रकरणबारे बोलाएपछि खनियाले उपाध्यायलाई भेटेका हुन् । मुद्दा फिर्ता लिन आग्रह गर्ने आशयका साथ खनियाले उपाध्यायलाई भेटेको स्रोतको दाबी छ । उनीहरू दुवै जना आइतबार डिनर खाने गरी छुटेका छन् ।
एनआइसी एसिया बैंकविरुद्धको उजुरीमा पीडित अमर चौधरी र गणेश थारुलाई जबरजस्ती खाता खोल्न लगाई ग्राहक बनाएर झण्डै २१ लाख रुपैयाँको ऋणको भारी बोकाइएको जस्तो गम्भीर ठगी गरेको आरोप छ ।
लिँदै नलिएको २१ लाख रुपैयाँ ऋण तिर्न ताकेता गरेपछि एनआइसी एसियाविरूद्ध राष्ट्र बैंकमा उजुरी
सुर्खेतको उक्त शाखास्थित बैंकका अधिकारीले तपाईँहरूलाई पैसा हालिदिन्छौँ, खाता खोल्नुहोस् भन्ने प्रलोभन देखाई आफूहरुमाथि अन्याय गरेको पीडितको गुनासो छ ।
उनीहरूलाई झुक्क्याएर खाता खोलेको तीन महिनापछि अमरको खातामा ९ लाख ५० हजार रुपैयाँ र गणेशको खातामा ११ लाख ४० हजार रुपैयाँ ऋण निकालिएको देखाएको ब्यहोरा समेत राष्ट्र बैंकमा दर्ता भएको उजुरीमा उल्लेख छ ।
यस्तै अनेक काण्डहरु गरेर जनता रुवाइरहेको एनआइसी एसिया बैंकविरुद्ध उजुरी र मुद्दाको चाङ नै लाग्ने गरेको छ । जसका लागि बैंकले मासिक दर्जनौं वकिलको नियमित खर्च समेत बेहाेरिरहेकाे छ ।
इता एनआइसी एसिया बैंकका सिइओ रोशनक’मार न्यौपानेमाथि सरकारी जग्गा मिचेर घर बनाएको आरोपदेखि बैंकले सस्तोमा धितो राखेर बदनियतपूर्वक लिलामी गरी सम्पत्ति हडपेका मुद्दा खेप्दै आएको छ ।
एनआइसी एसिया बैंक पटक पटक विवादमा आइरहने बैंक हो । ‘बैंक पनि साथी पनि’ भन्ने नारा बोकेर जनता रुवाइरहेको एनआइसी एसिया बैंक आम जनताका लाग अभिशाप बन्दै गएको सेवाग्राहीको गुनासो छ ।
आफ्नो ऋण असुल्न ग्राहकको ढोकामै सेक्युरिटी गार्ड राख्ने लगायतका अराजक गतिविधि गर्दै आएको बैंकले सर्वसाधारणलाई भने लिँदै नलिएको ऋणमा बन्धक बनाइरहेको छ ।
प्रतिक्रिया