१४ आश्विन २०८०, आइतबार

अवैध नियुक्ति र तेहेरो सरकारी सुविधासहित ‘लुट’ मच्चाइरहेका भण्डारीविरूद्ध अख्तियारमा उजुरी, मन्त्री चौधरीको रहस्यमय मौनता



राजधानी लाइभ, काठमाडौं । 

साझा स्वास्थ्य सेवा सहकारी लिमिटेडका महाप्रबन्धक चुडामणि भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको साझा सेवा स्वास्थ्यमा महाप्रबन्धक भण्डारीको अवैध नियुक्ति  तथा तेहेरो सरकारी सुविधा लिइरहेको भन्दै सामाजिक अभियन्ता नन्दराज उपाध्यायले आइतबार अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

महाप्रबन्धक विशिष्ट श्रेणी भण्डारीको नियुक्ति प्रक्रियामा ९ जना सञ्चालक समिति सदस्यमध्ये ३ जनाको निर्णय र हस्ताक्षरले प्रक्रिया नै नपु-याई नियुक्ति लिएको तथ्य यसअघि राजधानी लाइभले ब्रेक गरेको थियो ।

विसं। २०७९ भदौ ३१ गते बसेको ३ जना सञ्चालक समिति सदस्य सम्मिलित बैठकले महाप्रबन्धमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । बोर्डले कुनै पनि निर्णय गर्दा कम्तीमा ५ जना सदस्यको सहमतिमा तथा हस्ताक्षरसहित निर्णय गर्नुपर्ने व्यवस्था छ । तर उक्त व्यवस्थाको खिल्ली उडाउँदै भण्डारीलाई महाप्रबन्धकमा अवैध नियुक्ति दिएको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

भण्डारीले सरकारी जागिरबाट अनिवार्य अवकाश पाएको केही समयमै अर्को सरकारी संस्थामा सेवा सुविधासहित नियुक्ति पाउँदा समेत पेन्सन लिन छाडेका छैनन् । भने, साझा स्वास्थ्य सेवामा तलबसहित सञ्चयकोषको सुविधा समेत लिइरहेका छन् । सरकारी निर्णयअनुसार राज्यबाट दोहोरो सेवा सुविधा लिन पाइँदैन । दोहोरो सुविधा लिइरहेकाहरूले हालसम्म पाएको पारिश्रमिक तथा सुविधा फिर्ता गर्नुपर्ने हुन्छ । सामाजिक अभियन्ता उपाध्यायले महाप्रबन्धक भण्डारीले हालसम्म लिएको तेहेरो सेवा सुविधा बिगो भराउन तथा उनको नियुक्ति नै खारेज गर्न माग समेत गरेका छन् ।

महाप्रबन्धक भण्डारी कोरोना महामारी नियन्त्रणका लागि आवश्यक २३ लाख ९४ हजार डलर बराबरको स्वास्थ्य सामग्री खरिद प्रकरण आर्थत् ओम्नी घोटाला काण्डमा समेत मुछिएका थिए । तत्कालीन समयमा उनी स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखामा जिम्मेवार कर्मचारी थिए ।

महाप्रबन्धकमा भण्डारी नियुक्त भएदेखि नै साझा स्वास्थ्य सेवाको कार्यालयमा शंकास्पद गतिविधिहरू भइरहेको समेत फेला परेको छ ।  संस्थामा आएका जिन्सी सामानको कार्यालयमा कुनै पनि  लेखाजोखा महाप्रबन्धक भण्डारीले राख्न दिएका छैनन् ।

उनले चितवनको भरतपुरस्थित साझा स्वास्थ्य सेवाको कार्यालयमा ट्रस हाल्न लगाएको तर उक्त सहयोग, कसले रु किन रु कतिमा रु कसरी गरेको हो भन्ने कार्यालयमा कुनै रेकर्ड राख्न नदिएको कर्मचारी स्रोतको दाबी छ ।

विद्युतीय चुलो, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन लगायतका सामग्रीहरू समेत कार्यालयमा ल्याइएका छन्, जसको कुनै रेकर्ड नराखिएको र उक्त सामग्री कहाँबाट कसले दियो भन्ने स्रोत समेत खुलाएका छैनन् ।

हाल महाप्रबन्धक भण्डारीबारे सहकारीको बोर्ड तथा कर्मचारीहरूमा समेत व्यापक गुनासो रहेको स्रोतको दाबी छ । यद्यपि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी पटक पटक भण्डारीमाथि प्रश्न तथा गुनासो थाहा पाउँदा समेत कानमा तेल हालेर बसेकी छन् ।

महाप्रबन्धक भण्डारीले मन्त्री चौधरीका स्वकीय सचिव सरोज बुढाथोकीलाई हातमा लिएको स्रोत बताउँछ । अवैध नियुक्ति तथा तेहेरो सरकारी सुविधाबारे सार्वजनिक प्रश्न उठेपछि हायलकायल बनेका महाप्रबन्धक भण्डारीलाई मन्त्रीका स्वकीय सरोज बुढाथोकीको संरक्षण प्राप्त भएपछि ढुक्क बनेका छन् ।

सहकारीका सबै कर्मचारीलाई कार्यालयमा बोलाएर आफ्नो अवैध नियुक्ति र कार्यालयमा भइरहेका शंकास्पद गतिविधिहरूबारे कसले बाहिर सूचना दिएको भन्दै हपारेका थिए ।

सोही समयमा उनले आफू नहट्ने तथा मिडियामा आएका समाचार अफवाह भएको भन्दै सूचना बाहिर लिने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी समेत दिएको स्रोत बताउँछ ।

अख्तियारमा दर्ता गरेको उजुरीको व्यहोरा पढेर सुनाउँदै सामाजिक अभियन्ता नन्दराज उपाध्याय …

तत्कालीन मन्त्रीको सेटिङमा साझा स्वास्थ्यका महाप्रबन्धक चुडामणि भण्डारीको अवैध नियुक्ति, तेहेरो सरकारी सुविधासहित ‘ब्रह्मलुट’

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ५ : ५४ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास