१४ आश्विन २०८०, आइतबार

नाटक र चलचित्रपछि पुस्तक बन्यो ‘पानीफोटो’



राजधानी लाइभ, काठमाडौं ।

आज यहाँ एक कार्यक्रमको आयोजना गर्दै अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले लेखेको पुस्तक ‘पानीफोटो स् पानादेखि पर्दासम्म’ लोकार्पण गरिएको छ । अभिनेता लामिछानेसँग काम गरेका निर्देशकहरू मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अशोक शर्मा र अभिनेत्रीहरू स्वस्तिमा खड्का, ऋचा शर्मा, सुरक्षा पन्त, मलिका महतलगायतले पुस्तक संयुक्त रुपमा लोकार्पण गरे ।

लेखक लामिछानेले नाटकपछि चलचित्रका रुपमा तयार गरेको ‘पानीफोटो’ लाई पुस्तकको स्वरूप दिएका हुन्। चलचित्र छायाङ्कन गरेर तयार भएपछि फुर्सदको समयमा पुस्तकको स्वरूप दिएको उनले बताए । उनले भने, “लकडाउनको समयमा घरमा रहँदा नै चलचित्र पूरा भएकाले त्यसलाई पुस्तकमा उतार्न सफल भए । यसमा मैले पहिलोपटक चलचित्र निर्देशन गर्दाका अनुभवलाई समेटेको छु । यसले नयाँ चलचित्रकर्मीलाई मार्गदर्शन गर्छ भन्ने विश्वास छ ।”

प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको पुस्तकले चलचित्रबारे सन्देश प्रवाह गर्ने अभिनेता तथा निर्देशक नीर शाहले बताए ।

“पुस्तकले चलचित्र पढ्ने विद्यार्थीहरुलाई मार्गदर्शन गर्छ । चलचित्र बनाउँछु भनेर हिँड्नेहरुले एक पटक पानीफोटो पढ्नै पर्छ”, अभिनेता शाहले भने, “चलचित्र पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी छ ।”

प्रकाशन गृह फाइनप्रिन्टका लागि यो पुस्तक खास रहेको प्रकाशक नीरज भारीले बताए । उनले भने, “यो पुस्तक विशेषगरी चलचित्रमा रूचि राख्नेहरुका लागि बढी उपयोगी छ । चलचित्र के हो रु चलचित्र निर्माणको योजनादेखि, निर्माण–प्रदर्शनसम्मको यात्राकथालाई यसले जीवन्त रुपमा प्रस्तुत गरेको छ ।”

‘पानीफोटो’ नेपालमा १२ वर्ष चलेको माओवादी युद्धको सयममा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरुले छोरा खोज्न गरेको प्रयत्नको कथा हो ।

लेखक लामिछानेले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरूकुलमा मञ्चन गरेका थिए । यही नाटकलाई उनले आफ्नै निर्देशनमा चलचित्रको स्वरुपमा प्रस्तुत गरेको चलचित्र ‘पानीफोटो’ विसं २०७९ साउन १३ मा प्रदर्शन भएको थियो ।

कार्यक्रममा लेखक एवम् निर्देशक लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारूले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरेका थिए ।

कार्यक्रममा निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक फिरोज खड्का, वितरक करण श्रेष्ठलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ११ : ११ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास