‘स्वास्थ्य जीवनको महत्त्वपूर्ण कडी हो। जहाँ स्वास्थ्य बिग्रिएको कारण हरेक सुनौलो अवसर गुम्छन् र स्वास्थ्य सप्रिएकोमा सफलता प्राप्त हुन्छ।’ यो भनाइ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को हो । हुन पनि व्यक्तिको स्वास्थ्य बिग्रिएमा अवसरहरू गुम्छन् र स्वास्थ्य ठिक छ भने अवसर प्राप्त हुन्छन् ।
यदि व्यक्ति बिरामी भएको खण्डमा स्वास्थ्य लाभको लागि अस्पतालमा पुग्दछ। ताकि जीवन ठिकठाक होस् खुशी रहन सकूँ, हरेक चुनौतीसँग लडेर सामना गर्न सकुँ ।
हौसलाको सट्टा डाक्टर र नर्सबाटै जब तनाव (ह्यारेस्मेन्ट) हुन्छ भने उसको जीवनमा कस्तो असर पर्ला यसको कल्पना पनि गर्न सकिन्न । केही समयअघिको वीर अस्पतालको नयाँ भवनमा भएको आत्महत्याको घटनाले पनि यही पुष्टि गर्दछ ।
कहिले नागरिकले थाहा पाउनु भएको छ रु आफ्नो बुद्धिले विचार गर्नु भएको छ। हो, यस्तै प्राकृतिक र सानातिना घटना दिनहुँ वीर अस्पतालमा घट्ने गर्दछन् । बढी मात्रामा हौसलाको अर्को गुरुको नाम दिइने स्टाफ नर्सहरूको टर्चरबाट यस्तै किसिमको घटनाको सिकार हुने गर्दछन् । तीमध्ये त्यस्तै सानो घटनाको सिकार भएकी हुन् सामाजिक अभियन्ता रोजिना जङ्गम ।
उनका अनुसार सहीकर्मीको बुवालाई लिएर केही हप्ता अघि वीर अस्पताल पुगेकी थिइन्। त्यसै क्रममा साथीको बुवाको मिर्गौला किड्नीको शल्यक्रिया गर्न उनीहरू वीर अस्पताल पुगेका थिए। मिर्गौलाको अप्रेसन पनि भयो ।
उपचारमा खटिएका डाक्टरहरू कहिलेकाहीँ चेकअपमा आउने भए पनि प्रायजसो स्टाफ नर्सहरू त्यहाँ हुन्थे। अब सिधै विषयमा आउनु पूर्व म परापूर्व कालको एउटा कथा साभार गर्दछु। रावणको नगरी लङ्का स्वर्ण राज्यले भरिपूर्ण थियो ।
हिरा मोती मणी माणिक्यले भरिपूर्ण राष्ट्रमा ऐश्वर्य त थियो तर शान्ति थिएन । रावणले आफ्ना सेनालाई उर्दी दिन्थे। महासेनानायक हो जनतालाई जति चाहिन्छ, उति धनधान्यले भरिपूर्ण गराऊ । किनकि यो स्वर्ण लङ्काका उनीहरू प्रजा हुन् । तर हरेक दिन उनीहरूको शरीरमा दश कोर्रा हान ।
रातमा बिस कोश सुनिने गरी कराऊ। ताकि नागरिक सुत्न नसकुन् । राजा रावणको आदेश तत्काल कार्यान्वयन हुन्थ्यो। रावणका प्रजाहरू धनधान्यले परिपूर्ण थिए। तर मनमा शान्ति थिएन । न त तनमा कान्ति थियो । सबै मर्न लागेका भोका बेवारिसे कुकुर जस्तै जुनी कटाइरहेका थिए ।
यो देखेर युद्धको बेला भाइ लक्ष्मणले दाजु रामलाई सोधे दाजु यस्तो स्वर्ण पुरी नगरी लङ्कामा रावणको परिवार र सेना बाहेक जनता किन यति दुब्लो र पातला देखिन्छन् रु यो सुनेर रामलाई प्रणाम गरी रावणका भाइ एवं रामभक्त विभीषण अगाडि सरेर भने, भाइ लक्ष्मण (सन्तोषं परं सुखं) सन्तोष नै सुखको आधार हो ।
दाजु रावणले खुबै भौतिक सुख त दिए । तर आध्यात्मिक सुखले नागरिकलाई कहिल्यै परिष्कृत गरेनन् । किनकि नागरिकहरू मोटा घाटा भएर रावणविरुद्ध क्रान्ति नछेडुन् ।
यो सबै त्यसैको फल हो। त्यसैले भाइ लक्ष्मण, खुसी र सुख धनने होइन मनले पाइन्छ । लक्ष्मणले विभीषणको मुखबाट लङ्काको अजीव कुरा सुनेर मुसुमुसु हाँसे । सबै गलल्ल हाँसे र भने सुख नै यो हो ।
हो त्यस्तै रावणको नगरीमा भएजस्तो भौतिक सुख भन्दा पनि आध्यात्मिक सुख र शान्ति दिनु स्टाफ नर्सहरूको कर्तव्य हो। जसले गर्दा बिरामी छिटो निको होस् । तर वीर अस्पतालका स्टाफलाई बिरामीको हेरचाह भन्दा पनि आफ्नो मनमौजीमा चल्ने गर्छन् । उनीहरुको हेरचाह गर्ने कुरै छोडौँ, दानवीय व्यवहार गर्छन्।
रगत तीन सिरिन्ज तान्ने, दुई सिरिन्ज रगत फोहोरमा फालिदिने, यस्तो किन गर्छौं भन्दा उल्टो बिरामी र कुरुवासँग दिनहुँ बाझिने हप्काउने गर्छन् । रोजिनाले गहभरि आँसु पार्दै भनिन्, “यति मात्र होइन विभिन्न बहानामा टर्चर दिने, हामी यहाँको डन हो, तिमीहरू को हो ? यी बिरामीहरूलाई जति गाली गरे पनि नपुग्ने भनेर कचकच गर्ने अवाञ्छनीय हर्कत गरेको देख्दा मलाई दिक्क लाग्यो ।”
हो रोजिनाले भनेजस्तै साँच्चै वीर अस्पतालका स्टाफ नर्सको हर्कत त्यस्तै हो भने तत्काल अस्पताल प्रशासनले छानबिन गरी कारबाही अघि बढाउनु पर्छ त्यस्ता स्टाफ नर्सहरूलाई राखेर अस्पतालले आफ्नो मात्र होइन देशभरिका नर्सहरूको नाम खराब गरिरहेका छ । वीर अस्पताल सरकारी सेवा दिने नेपालकै पुरानो अस्पताल हो ।
त्यसको पदमा बसी मनपरी गर्ने नर्सहरू को दाइजो (पेवा) होइन । बिरामीहरूलाई सेवा दिएर हौसला दिनुको साटो उल्टै तनाव दिएर नर्कको यातना दर्शाउने त्यस्ता स्टाफ नर्सहरूलाई तत्काल बर्खास्त गरी असल आचरणयुक्त नयाँ स्टाफ नर्सको भर्ती गर्नपर्छ ।
ताकि कसैले यस्तो गलत चेष्टा भविष्यमा नगरोस् र नगराओस् । यदि अस्पताल प्रशासनको दोष हो भने, प्रशासन पनि कारबाहीको भागिदार हुनुपर्दछ। (लेखक सामाजिक न्याय पक्षमा कलम चलाउने व्यक्त हुन्)
प्रतिक्रिया