राजधानी लाइभ, जनकपुरधाम ।
जनकपुरधामका युवाले सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै शनिबारका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।
सरकारी गाडीको दुरुपयोग बढेको भन्दै युवाले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा शनिबारका दिन पनि सरकारी गाडी चलाएको भन्दै नियन्त्रणमा लिई धनुषा ट्राफिक प्रहरीलाई बुझाएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपाल मधेश प्रदेशका अध्यक्ष लव अधिकारीको नेतृत्वमा अघिल्लो शनिबारदेखि सञ्चालित यस अभियानमा बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिइएको हो ।
उनका अनुसार दोस्रो साताको यो अभियानमा १५ मिनेटको अन्तरालमा पाँच वटा सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको छ भने गत शनिबार १२ वटा गाडी नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको थियो ।
अभियान प्रभावकारी भएकै कारण दुरुपयोग हुने गाडीको सङ्ख्या शनिबार न्यून देखिएको थियो ।
प्रतिक्रिया