राजधानी लाइभ, काठमाडौं । लियोनेल मेस्सी बिना मैना मैदानमा उत्रेको इन्टर मियामी एटलान्टा युनाइटेडसँग लज्जास्पद हार बेहोरेको छ । आइतबार बिहान सम्पन्न खेलमा एमएलएस अन्तरगतको खेलमा मियामी २–५ गोलले पराजित भएको हो ।
एटलान्टाको जितमा ट्रीस्टान मुयुम्बा, ब्रूक्स लेनन, जिओर्गोस र टेलर वोल्फ़ले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका कमल मिलरले आत्मघाती गरेका थिए ।
त्यसैगरी इन्टर मियामीका लागि दुवै गोल भने लिओनार्दो क्याम्पानाले गरेका थिए । यस खेलमा इन्टर मियामीका लागि मेस्सी भने खेलेका थिएनन् । यस खेलका लागि खेल शुरु हुनु अघि सम्म ७० हजारभन्दा बढी टिकट बिक्रि भएकोमा मेस्सी नखेल्ने खबर बाहिरिएपछि धेरै जसो टिक सस्तोमा पुनस् बिक्री भएको र कैयौं फ्यानहरु मैदानमा नै नगएको बताइएको छ ।
पराजयसँगै मियामी एमएलएसको १४ औँ स्थानमा सीमित रहेको छ । एटलान्टा छैटौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया