१४ आश्विन २०८०, आइतबार

नेष्डो समृद्ध लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो एजीएम



राजधानी लाइभ, काठमाडौं ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा रोयल कुस्मा रिसोर्ट, कुस्मा, पर्वतमा दिउँसो साढे १ बजेबाट सुरु हुनेछ ।

उक्त सभामा यस संस्थाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कर सहित १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न, यसको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न असोज १७ गतेसम्म सेयरधनी कायम हुनुपर्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १२ : २७ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास