१४ आश्विन २०८०, आइतबार

एसिया कप क्रिकेटको उपाधि भारतलाई



राजधानी लाइभ, काठमाडौं ।

एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले जितेको छ। आज भएको फाइनल खेलमा भारतले घरेलु टोली श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै एसिया कपको उपाधि आठौँ पटक जितेको छ।

यस अघि श्रीलङ्काले टस जितेर भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गर्दै १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै सबै विकेट गुमाएको थियो। जवाफमा भारतले ६ दशमलब १ ओभरमा कुनै विकेट नगुमाई खेल १० विकेटले जितेको हो । भारतका लागि शुभम् गिलले १९ बलमा ६ चौकासँगै २७ तथा इशान किशनले १८ बलमा ३ चौकासँगै २३ रन बनाए।

श्रीलङ्कालाई जम्मा ५० रनमा सिमित राख्न भारतका बलर मोहम्मद सिराज एक्लैले ७ ओभरमा ३ मेडन ओभरसंगै जम्मा २१ रन खर्चेर ६ विकेट लिए । त्यसैगरी हार्दिक पंड्याले २ दशमलब २ ओभरमा जम्मा ३ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी जसप्रीत बुमराहले ५ ओभरमा २३ रन दिए १ विकेट लिए । श्रीलङ्काका ५ जना ब्याटरले कुनै रन बनाउन सकेनन्।

श्रीलङ्काका लागि सबैभन्दा वढि कुसल मेंडिसले १७ रन बनाए । त्यसैगरी दुशान हेमंताले १३ रन बनाए र बाँकी ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : ४७ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास