१४ आश्विन २०८०, आइतबार

पाँचौ बाह्रखरी कथा लेखन प्रतियोगिता घोषणा



राजधानी लाइभ, काठमाडौं ।

बाह्रखरी मिडियाले ‘डिसहोम पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको छ । बाह्रखरी मिडियाले आज पत्रकार सम्मेलन गरी आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारको प्रतिभालाई प्रोत्साहन गर्नका लागि कथा प्रतियोगिता आयोजना गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले बाह्रखरी मिडियाले नयाँ स्रष्टा जन्माउन र कथा विधालाई अगाडि बढाउन विगत पाँच वर्षदेखि कथा प्रतियोगिता गर्दै आएको जानकारी दिए ।

नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो राशि रहेको उक्त प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीले आगामी असोज ३० गतेसम्म कथा पठाउन सकिने बताइएको छ ।

बाह्रखरी कथा प्रतियोगिताको निर्णायक समूहको संयोजकमा प्राडा सावित्री कक्षपति, सदस्यमा कथाकार महेशविक्रम शाह र कथाकार सुविन भट्टराई रहेका छन् ।

यस्तै, बाह्रखरी मिडियामा प्राप्त भएका सबै कथालाई पहिलो चरणमा बाह्रखरी मिडियाका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको आन्तरिक समूहले छाँट्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउने बाह्रखरी मिडियाले जनाएको छ ।

उक्त मिडियाले प्रथम, द्वितीय र तृतीयका साथै अन्य २२ गरी २५ कथा र स्थापित कलाकारका पाँच कथालाई समावेश गरी पुस्तक प्रकाशन गर्ने जनाएको छ । कथा प्रतियोगितामा प्रथम हुने कथाालाई रु एक लाख, द्वितीय हुने कथाालाई रु ६० हजार र तृतीय हुने कथाालाई रु ४० हजार नगद र प्रमाणपत्र तथा मेडल प्रदान गरिने बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापाले जानकारी दिए । यस्तै, सङ्ग्रहमा समावेश हुने २२ कथालाई समेत जनही रु पाँच हजार सम्मानस्वरुप प्रदान गरिने सो मिडियाले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता निर्णायक समूहकी संयोजक प्राडा कक्षपतिले बाह्रखरीले समाचारमात्र नभई कथालाई समेत प्राथमिकता दिएर राम्रो काम गरेको बताए । “कथाकारले राम्रो प्लेटफर्म नपाएको अवस्थामा कथाकारलाई अगाडि बढाउन बाह्रखरीले खेलेको भूमिका सराहनीय छ”, उनले भने ।

सोही कार्यक्रममा प्रतियोगिता निर्णायक समूहका सदस्य सुविन भट्टराईले विचार र भाषालाई सन्तुलित बनाएर कथा लेख्न सबैलाई आग्रह गरे । यस्तै, डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, फाइन प्रिन्टका सञ्चालक निरज भारीलगायतले देश विदेशमा रहेका साहित्यकारको साहित्यलाई उजागर गर्न बाह्रखरी मिडियाले खेलको भूमिकाको प्रशंसा गरे ।

कथा प्रतियोगिताको नतिजा आगामी पुस ६ गते प्रकाशन गरिने बाह्रखरी मिडियाले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : २५ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास