१४ आश्विन २०८०, आइतबार

कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने निर्णय कति दीर्घकालीन ?



राजधानी लाइभ, काठमाडौं। 

कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने निर्णय गरेको छ । शेरधन राई नेतृत्वको सरकारले यसअघि एक सय रुपैयाँ खाजा भत्ता दिने निर्णय गरेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कर्मचारीलाई थप सय रुपैयाँ थपेर दिने निर्णय गरेका हुन्।

यद्यपि उक्त खाजा भत्ता कर्मचारीले कार्यालयमा आएको दिनमा मात्र पाउनेछन् । कर्मचारीलाई विद्युतीय हाजिरीका आधारमा हाजिर भएको दिनको मात्र खाजा खर्च दिइने कोशी प्रदेश सरकारले जनाएको छ ।

उक्त निर्णयबारे सरकारप्रति आम जनताले असन्तुष्टि व्यक्त गरेको पाइएको छ भने निर्णयको दीर्घकालीन कार्यान्वयनमा समेत आशंका बढेको छ ।

यता सामाजिक सञ्जाल लगायतमा सरकारको उक्त निर्णयप्रति कटाक्ष गर्दै संघीयता देशलाई घाँडो भएको प्रतिक्रिया जनाइरहेका छन् ।

सरकारको आम्दानी बढाउनु र संघीयता कार्यान्वयनमा तदारुकता देखाउनुको साटो अनुत्पादक क्षेत्रमा लोकप्रियताका लागि खर्च बढाइरहेको भन्दै आम नागरिकले असन्तुष्टि जनाइरहेका छन् । यद्यपि सरकारी कर्मचारीमा भने यस निर्णयले सकारात्मक भाव नै देख्न सकिन्छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १ : ०१ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास