१४ आश्विन २०८०, आइतबार

नेप्से सम्हालिने प्रयास गर्दा २ कम्पनीमा सकारात्मक सर्किट



राजधानी लाइभ, काठमाडौ ।

तीजका दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । यस दिन सूचक ४.२६ अंकले बढेर १९६९.१८ अंकमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम औसतमा कम हो ।

यसअघि आइतबार बजारमा करिब ४२ अंकको गिरावट आएको थियो । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरका कारण बजार घटेको अनुमान गरिएको छ । यद्यपि, असोजका लागि ८ वटा बैंकले मात्र ब्याजदर बढाएका हुन् । अरु ८ वटैले ब्याजदर घटाउँदा बाँकी बैंकले ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन् ।

तर बजारमा भने ब्याजदर बढेको हिसाबले मात्र लगानीकर्ताले बुझे । यसैकारण समग्र बजार नकारात्मक बनेको अनुमान गरिएको छ । आइतबार बेस्सरी घटेको बजारले सोमबार भने विस्तारै सम्हालिने तरखरमा लागेको देखिएको छ ।

यस दिन २७१ कम्पनीको २८ लाख ७४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । ९ करोड ३८ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र साल्ट ट्रेडिङ कम्पनी परेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ५ : १६ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास