१४ आश्विन २०८०, आइतबार

लागूऔषधसहित तीन जना पक्राउ



राजधानी लाइभ, मोरङ ।

विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४७ मिलिग्रामसहित सोही महानगरपालिका-१५ बस्ने २४ वर्षीय प्रमिस डंगोललाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ सय १९ केजी ३ सय २४ ग्रामसहित आइतबार २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत बलरामपुर बिर्तापुर बस्ने ४५ वर्षीय दुलारे यादव र ३५ वर्षीय योगेश बर्मा रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट खटिएको टोलीले चितवन खुरखुरेबाट वीरगंज हुँदै भारततर्फ जाँदै गरेको एनएल ०१ एसि २१४५ नम्बरको कन्टेनरलाई जाँच गर्दा २ फिटको फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी ट्रक चालक दुलारे र सहचालक योगेशलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ५ : ३८ बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास