राजधानी लाइभ, काठमाडौं ।
सिरहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले कीर्ते गरी नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता भएको छ ।
मेयर महतोले कीर्ते गरेर नागरिकता लिएको दाबी गर्दै छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आइतबार उजुरी दर्ता भएको हो ।
‘मेयर महतोका बुवा आमाको नागरिकता नै नभएको अवस्थामा उनले कसरी कुन प्रमाणपत्रको आधारमा नागरिकता लिएको सो कुराको छानबिन गरी आवश्यक कारबाहीका लागि अनुरोध छ ।,’ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उजुरीमा भनिएकाे छ ।
महतो नेकपा एमालेको तर्फबाट धनगढीमाईमा मेयर निर्वाचित भएका हुन् ।
प्रतिक्रिया