१४ आश्विन २०८०, आइतबार

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



राजधानी लाइभ, काठमाडौं ।

बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ बाराकिलोस्थित पूर्व-पश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न।-३-०१०-२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिएको हो।

दुर्घटनाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो।

उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। पिकअप गाडी चालक काभ्रे नमोबुद्ध नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ८ : ५० बजे

वास्तविक समयमा बिजुली बेच्न अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही

वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करी

राजधानी लाइभ, काठमाडौं। वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल

राजधानी लाइभ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ बिक्री गर्न बोर्डबाट पायो अनुमति

राजधानी लाइभ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी

यस्ताे छ आजको तरकारी तथा फलफूलको मूल्य

राजधानी लाइभ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास