१६ मंसिर २०८०, शनिबार

चाडपर्वमा यातायात व्यवस्थान चुस्त बनाउन कार्यदल गठन



राजधानी लाइभ, काठमाडौं । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन् । शुक्रवार सरोकारवाला सबै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका हुन् ।

‘यातायात क्षेत्र चुस्त नहुँदा दशै, तिहार र छठ जस्ता पर्वहरूमा लाखौँ यात्रीहरूले सास्ती पाउँदै आएका छन् , यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौ’ मन्त्री ज्वालाले भने ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छौ ।’ यात्रृहरु ठगिने, बिचबाटैमा अलपत्र जस्ता सास्ती बेहोर्नु नपरोस् भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेका हुन् ।

मन्त्री ज्वालाले सिंहदरबारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाईँ, बाग्मति प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासङ्घ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनकाका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो ।

दशै, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट बर्षेनी १० लाख यात्रृहरु बाहिरिने गरेका छन् । बाहिरिने यात्रृहरुलाई सुरक्षित पुरयाउन मन्त्री ज्वालाले पहल थालेका छन् । मन्त्री ज्वालाको प्रस्तावमा यातायात व्यवसायी महासंघले प्रतिबद्धता पनि जनाएको छ ।

‘चाहे ताप्लेजुङ होस्, चाहे जुम्ला होस्, गाडीको अभावमा टिका लगाउनबाट कसैलाई पनि वञ्चित हुन दिँदैनौ’ यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईले भने।
मन्त्री ज्वालाले दशैको बुकिङ खुल्नुभन्दा अगाडी सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिएका छन् । ‘बर्षातका कारण सडकहरू बिग्रेका छन्, ती सडकहरू तत्काल सुधार गर्नुहोस्’ मन्त्री ज्वालाले भने ।

लगतै सडक विभागका महानिर्देशक सुशील बाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाएका छन् भने ट्राफिक महाशाखाले व्यवस्थापनका लागि आफूहरूले कुनै कसरत बाँकी नराख्ने बताएको छ ।

उपभोक्ता संरक्षण मन्त्रका प्रतिनिधिहरूले सडक छेउका होटलहरुले यात्रृहरुलाई दूषित खाना खुवाउने र त्यसको चर्को मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरीक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरेका छन् ।

मन्त्री ज्वालाले पनि राज्यका अन्य निकाय र मन्त्रालयहरूसँग सहकार्य गरी निरीक्षण गर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : २७ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान