१६ मंसिर २०८०, शनिबार

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै



राजधानी लाइभ, काठमाडौं। 

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार चीनको छन्दु जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको  ङारी हुँदै ल्हासा र  ल्हासाबाट शुक्रबार  छन्दु जान लागेका उनको सचिवालयले जनाएको छ ।

शुक्रबार बिहान स्थानीय समयअनुसार ९ः४५ बजे  ङारीको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार दिउँसो १४ः३० बजे छन्दु पुग्नेछन् । छन्दुमा प्रधानमन्त्री रहँदा प्रचण्डले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसपछि उनीसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय किमिटीका सचिव वाङ सियाओले  भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम रहेको छ ।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि गएकाक थिए । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ५६ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान