२३ मंसिर २०८०, शनिबार

नेपाल परिसङ्घ युएनसीडीएफको ‘वेब प्लेटफर्म’मा आबद्ध



राजधानी लाइभ,काठमाडौँ ।

संयुक्त राष्ट्रसङ्घ पूँजी विकास कोष (युएनसीडीएफ) को ‘अगोरा’ वेब प्लेटफर्ममा नेपाल उद्योग परिसङ्घ (सिएनआइ) आवद्ध भएको छ । लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न सो प्लेटफर्म मा खडा गरिएको हो ।

परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र यूएनसीडीएफका उपकार्यकारी सचिव जेभियर मिचोनले अगोरा प्लेटफर्म सञ्चालन तथा आबद्धतासम्बन्धी समझदारीपत्र आज आदानप्रदान गरे। अगोरा प्लेटफर्ममा आवद्ध भएको नेपाल उद्योग परिसङ्घ नेपालको पहिलो संस्था हो ।

आगामी दिनमा परिसङ्घले नेपाली उद्योगहरूको लागि लगानी प्रवद्र्धनलाई बढावा दिन अगोरा प्लेटफर्मलाई अगाडि बढाउनेछ । उत्पादन तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसङ्घले अगोराको घरेलु परिनियोजनको निरीक्षण गर्नेछ । नेपालका उद्यमी एवं व्यवसायीहरूलाई उद्यमशिलताको विकासका लागि आवश्यक पर्ने वित्तियसहित विशेषज्ञता आवश्यकताको आधारमा दिइनेछ ।

परिसङ्घका अध्यक्ष अग्रवालले युएनसीडीएफसँगको सहकार्यबाट नेपालमा लगानीको परिदृश्यलाई रूपान्तरण गर्न अगोरा प्लेटफर्म महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । यूएनसीडीएफका उपकार्यकारी सचिव मिचोनले परिसङ्घसँगको अर्थपूर्ण सहकार्य र साझेदारीले नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न सहयोग हुने बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ५२ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले