२३ मंसिर २०८०, शनिबार

युवालाई गाउँमै रोजगारी दिन्छौँ : मुख्यमन्त्री पाण्डे



राजधानी लाइभ,काठमाडौँ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलले युवालाई गाउँमै रोजगार दिने गरी काम सुरु गरेको बताएका छन् ।

नेपाली कांग्रेस बागलुङको जिल्ला सम्मेलनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गाउँ छोड्दै विदेश पलायन हुने युवाको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले गाउँलाई विकासले जोड्नुका साथै रोजगार सृजना गर्न थालेको बताए।

गाउँबाट बजार झर्ने र बजारबाट विदेश पलायन हुनेको क्रम डरलाग्दो हुँदै गएको भन्दै यसलाई रोक्न प्रदेश सरकार लागि रहेको उनले बताए। आफू मुख्यमन्त्री भएपछि जनताले महसुस हुने गरी काम गर्न थालेको भन्दै सरकारको काम देखेर प्रतिपक्ष अतालिन थालेको पाण्डेले बताए। प्रदेश सरकारले भुइँ मान्छेका काम, गरिब, दुःखी र सर्वहाराको काम गर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले भने, “हामीहरु सङ्घीयताको कार्यान्वयनकै चरणमा छौँ, भर्खरै ठीक बेठीक भनेर छुट्याउन समय भएको छैन, कार्यान्वयनका चरणमै जनताका समस्या बुझ्ने र जनताका आवश्यकता र मागका आधारमा विकास निर्माण भइरहेको छ, केही तत्वले सङ्घीयताका बारेमा प्रश्न गरी रहेका छन्, अब कोही पनि युवा विदेश पलायन हुने गरी गाउँमै रोजगार सृजना गर्छौँ, गाउँका मान्छेलाई गाउँमै रोक्न काम गर्छौँ ।”

मुख्यमन्त्री पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए। कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नुपर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्ने बताए। कांग्रेस जहिले पनि अनियमितता, भ्रष्टाचार र बेथितिका विरुद्धमा बोल्ने मुख्यमन्त्री पाण्डे बताउछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : २७ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले