राजधानी लाइभ, दाङ ।
एक हजार भन्दा बढी संख्यामा लोक सेवाको नयाँ विज्ञापन खोलेको छ । गण्डकी लोकसेवा आयोगले १ हजार दुई संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त विज्ञापनमा आगामी मंसिर ५ गतेसम्म आवेदन दिने सकिने छ । यद्यपि दोब्बर दस्तुर तिरेर भने मंसिर १२ गतेसम्म समेत दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।
प्रशासकीय अधिकृत, राजस्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव–इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू–संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आन्तरिक लेखा परीक्षक सहायक लगायत पदमा विज्ञापन खुला गरिएको हो ।
प्रतिक्रिया