राजधानी लाइभ, काठमाडौं ।
जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु एवं म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको हो ।
भूकम्पको धक्का काठमाडौंसहित भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो ।
भूकम्पबाट पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया