राजधानी लाइभ, काठमाडौं ।
पछिल्लो अपडेट अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पमा परी १४ जनाको मृत्यु भएको छ ।
ठबीसकोटकी उपमेयर धनकुमारी शाहीका अनुसार वडा नं. ११ मा ७ जना, वडा नं. १२ मा ४ र वडा नं. १३ मा ३ जना गरी कूल १३ जनाको मृत्यु भएको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । शुक्रबार राति ११ बजेर ४८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु एवं म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले पुष्टि गरेको हो ।
भूकम्पको धक्का काठमाडौंसहित भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो । दजनौं संख्यामा मानिसहरु घाइते भएको समेत उपमेयर शाहीले बताइन् ।
घाइतेहरुको उद्धार कार्यको लागि पहल भइरहे पनि रातिको समय भएकाले उद्धारमा कठिनाइ भइरहेको पनि उनले बताइन् ।
जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि
प्रतिक्रिया