राजधानी लाइभ, काठमाडौं ।
शुक्रबार मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालमा जनधनको ठूलो क्षति भएको छ । ६.४ म्याग्निच्युडको भूकम्पबाट हालसम्म झण्डै तीन दर्जन व्यक्तिको मृत्यु भएको प्रारम्भिक तथ्यांक छ ।
जसमा रुकुम पश्चिम र जाजरकोटमा मर्नेहरुको संख्या धेरै छ । उक्त भूकम्पबाट जाजरकोटको भेरी नगरपाकिामा अधिकांश घरहरु चिरा परेका छन् । भने रुकुम पश्चिमको हालत पनि उस्तै छ ।
जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार सयौं व्यक्ति घाइते भएका छन् । अबेर राति भएकोले उनीहरुको उद्धार र उपचारमा कठिनाई सिर्जना भएको छ ।
यता रुकुम पश्चिममा समेत उद्धार र उपचारको लागि सबै संयन्त्र परिचालन भएपनि अवस्था चिन्ताजनक रहेको आठबीसकोट नगरपालिकाकी मेयर धनकुमारी शाहीले राजधानी लाइभलाई जानकारी दिइन् । भूकम्पको क्षतिबारे हालसम्म पूर्ण विवरण भने आइसकेको छैन ।
प्रतिक्रिया