राजधानी लाइभ, काठमाडौँ ।
जाजरकोट भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म ३७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म ३७ जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।
११ जनालाई जिल्ला अस्पतालले मृत घोषणा गरिसकेको छ । नलगाड नगरपालिकाकी उपप्रमुखको सदरमुकामै रहेको घर भत्किँदा उनको मृत्यु भएको हो । उनी गत चुनावमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
यो पनि :जाजरकोट र रुकुम पश्चिममा ७३ जनाको मृत्यु, दुई सय बढी घाइते
प्रतिक्रिया