२३ मंसिर २०८०, शनिबार

मन्त्रिपरिषद् विस्तारमा एमाले असन्तुष्ट, सरकार छाड्ने तयारी



राजधानी लाइभ, काठमाडौँ ।

कोशी मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट बनेको नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ

मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले आफूसँग सहमति नगरेको भन्दै एमालेले सरकार छाड्ने भएको हो ।

कोशी सरकारमा एमालेका राम राना बिना विभागीय मन्त्री छन् ।

असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले त्यसबेला एमालेका राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार माओवादीबाट मोरङका गणेश उप्रेती र एकीकृत समाजवादीबाट पाँचथरका कमल जबेगुलाई मन्त्री नियुक्त गरिएको हो ।

एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे भोलि शनिबार बैठक बसेर छलफल गरिने बताएका छन् ।

बैठकमा छलफलपछि सरकारबाट बाहिरिने विषयमा औपचारिक निर्णय गरिने भण्डारीले जनाए ।

एमालेले माओवादी, एकीकृत समाजवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने बताउँदै आएको थियो ।

गठबन्धनमा आबद्ध दल माओवादीले भने एमालेले सरकार छाड्नुपर्ने बताउँदै आएको छ । एमालेको समेत समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ११ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले