२३ मंसिर २०८०, शनिबार

रुकुम केन्द्रित हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन



राजधानी लाइभ, काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एयरलाइन्सलाई रुकुम पश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरूलाई स्ट्याण्डबाई अवस्थामा रहन निर्देशन दिएका छन् ।

रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरूको राहत तथा उद्धारका लागि सहज होस् भन्ने हेतुले रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन् ।
अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्री सचिवालयका अधिकारीले बताएका छन् ।

रुकुम पश्चिमको चौरजहारी र खलङ्गास्थित एयरपोर्टहरूमा साना ट्विनअटर हवाईजहाज उडान भरिँदै आएको छ । तर जाजरकोटमा भने एयरपोर्ट भए पनि सञ्चालनमा छैन ।

प्रधानमन्त्री प्रचण्ड आज बिहानै नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरमार्फत रुकुम प्रस्थान गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ५७ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले