१७ मंसिर २०८०, आइतबार

सोल्टीमोडस्थित सडकपेटीमा सेनाका लेस नायक मृत भेटिए



राजधानी लाइभ, काठमाडौँ ।

नेपाली सेनाका लेस नायक सोल्टीमोडमा मृत अवस्थामा फेला परेका छन् । उनको शव शनिबार करिब सवा ६ बजे काठमाडौँको सोल्टिमोडस्थित दरवार बैंकेट अगाडि सडक पेटीमा लडिरहेको अवस्थामा फेला परेको हो ।

काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नं. ६ घर भएका २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन् । उनको साथमा नेपाल आर्मीको आइडी कार्ड रहेको र उनी गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरवन्दी भई लेस नायक दर्जामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण खुलेको छैन । तर, उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : २३ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र