१६ मंसिर २०८०, शनिबार

भूकम्पका घाइतेको उपचारको लागि ‘भेरी’ डेलिकेटेड अस्पताल



राजधानी लाइभ, काठमाडौँ ।

शुक्रबार राती जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका घाइते भएकोको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जलाई तयारी अवस्थामा राखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भूकम्पमा परेका गम्भीर घाइतेको उपचारका लागि बाँके प्रशासनले शनिबार बिहान ३ः२१ बजे बाटै तयारी थालेको जानकारी दिए ।
उनले भेरी अस्पताल नेपालगञ्जलाई भूकम्पका बिरामीको उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको बताए । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि स्वास्थ्यकर्मी नरेश श्रेष्ठलाई फोकलपर्सन तोकिएको उनले बताए ।

प्रजिअ पोखरेलले भेरी अस्पतालमा ८०, सैनिक अस्पताल २० र प्रहरी अस्पतालको ५ बेड गरी १०५ वटा बेड तयारी अवस्थामा राखिएको र बिरामीको चाप र आवश्यकताका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज साथै अन्य निजी अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखिएको जानकारी दिए ।

भूकम्पमा परेर उपचारको लागि नेपालगञ्ज आउने बिरामीका लागि नेपालगञ्ज उपमहानगर पालिकाले निःशुल्क ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

बिरामीको उपचारमा कमी आउन नदिनको लागि पर्याप्त मात्रामा डक्टर, नर्सिङ स्टाफ औषधि उपकरणको प्रबन्ध मिलाइएको प्रजिअ पोखरेलले बताए ।

हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको र अपुग भएमा फ्रेस रगत आपूर्तिको लागि सशस्त्र प्रहरीको एक टिम तयारी अवस्थामा राखिनुको साथै रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

यसैबीच भेरी अस्पताल नेपालगञ्जमा भूकम्पका घाइतेहरू उपचारको लागि आउने क्रम सुरु भएको छ । जाजरकोट–३ खलंगाका ४८ वर्षीय विमलकुमार कार्कीलाई जाजरकोटबाट एम्बुलेन्समा नेपालगञ्ज उपचारको लागि पुराईएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ४३ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान