१६ मंसिर २०८०, शनिबार

जाजरकोटका घाइतेलाई ढाडस दिएर रुकुम फर्किए प्रधानमन्त्री



राजधानी लाइभ, काठमाडौँ ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड घाइतेलाई ढाडस दिएर रुकुम पश्चिम फर्किएका छन् ।

जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटी ढाडस दिएका हुन् ।

नेपाली सेनाका १६ जनाको मेडिकल टिमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए ।

‘डाक्टर र औपधि ल्याएर आएका छौं । उपचारमा समस्या हुँदैन छिट्टै निको हुन्छ । चिन्ता नलिनुहोला,’ उनले भने ।

प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत र प्रदेश सांसद राजीवविक्रम शाह पनि अस्पताल पुगेका थिए ।

जाजरकोटका पीडितलाई भेटेपछि प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम फर्किएका छन् । रुकुमको आठविसलगायतका क्षेत्रमा पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : ०४ बजे

स्वास्थ्य मन्त्रालयमा तानिए वीर अस्पतालका निर्देशक डा पौडेल

निर्वाचन आयोगले निर्देशक डा पौडेल नेकपा एमालेको सदस्य र जनसंगठनको

कोप-२८ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

राजधानी लाइभ, पर्वत । लामो समयदेखि बन्द को ढुङ्गाखानी सञ्चालनका

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

राजधानी लाइभ, काठमाडौं। राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका

कस्तो छ आजको मौसम ?

राजधानी लाइभ, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान