२३ मंसिर २०८०, शनिबार

केएमसीले जाजरकोट भूकम्पका घाइतेलाई निःशुल्क उपचार गर्ने, उद्धारमा टोली खटाउन तयार



राजधानी लाइभ, काठमाडौँ ।

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पले पश्चिम नेपाललाई आक्रान्त पारेको भन्दै घाइतेहरुको निःशुल्क उपचार गर्ने बताएकी हुन् ।

केएमसीका सल्लाहकार तथा मोरङ-३ का नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको सक्रियतामा भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गरिने प्रतिबद्धता गरिएको हो । सरकारसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामग्रीसहित स्वास्थ्य टोली पठाउनसमेत तयार रहेकोसमेत केएमसीले बताएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : ३९ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले