१९ मंसिर २०८०, मंगलबार

भूकम्पका घाइतेहरूको उपचार निस्शुल्क गरिने



राजधानी लाइभ, काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिए ।

उनले भने, ‘त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरूको उपचार त्यही गर्छौँ, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधा सम्पन्न अस्पताल ल्याएर उपचार गर्छौँ । उपचारमा कुनै कमी हुने छैन ।’

मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने जानकारी दिए ।

उनले जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरूसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : ०३ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ