राजधानी लाइभ, हेटौंडा ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भइ गएराति गएको भूकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भुकम्प पीडितको प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाको लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका हुन् ।
उनले बिपद्को यस घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकारको साथमा रहने बताए । मन्त्री श्रेष्ठले भुकम्पमा परी ज्यान गुमाउने व्यक्तिहरु प्रति श्रद्धाञ्जली र आफन्तजनहरुमा समवेदना व्यक्त गरेका छन् ।
उनले घाइतेहरुको शीघ्र स्वाास्थ्यथ्य लाभको कामना समेत गरेका छन् । मन्त्री श्रेष्ठले विपद्को यश घडीमा आवश्यक सहयोग गर्न नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया