१७ मंसिर २०८०, आइतबार

भूकम्प प्रभावितको उद्धारमा खटिन कार्यकर्तालाई राप्रपाको आग्रह



राजधानी लाइभ, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्पको प्रभावित क्षेत्रमा उद्धारमा संलग्न हुन पार्टी कार्यकर्तालाई आग्रह गरेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी कम्तीमा १३३ जनाको मृत्यु भएको छ भने १४० भन्दा धेरै घाइते भएका छन् ।

राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गरी विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनर्स्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं सामाजिक संघसंस्थालाई अपिल गरेको छ ।

श्रेष्ठका अनुसार राप्रपाले भूकम्प पीडितको उद्धारका लागि सासद ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकको टोली परिचालन गरेको छ । अमेरिका भ्रमणमा रहेका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सबै भ्रातृ संस्था र छिमेकी जिल्लाका पार्टी कार्यकर्तालाई उद्धार तथा राहतका काममा सहभागी हुन आग्रह गरेका छन् ।

राप्रपाले भूकम्पका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : ४५ बजे

फार्मेसीका कर्मचारी प्रतिष्ठान मातहत ल्याउन माग

राजधानी लाइभ, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

नारायणगढ–मुग्लिन सडक: तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ

एसियाली राजमार्ग : आसपासका रुखमा टाँचा लगाउन सुरु

राजधानी लाइभ, झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

राजधानी लाइभ, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार

विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

राजधानी लाइभ, काठमाडौं। विशेषज्ञ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ५१ प्रतिशतमात्र