राजधानी लाइभ,काठमाडौँ।
जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट प्रभावितको सहयोगका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
विराटनगरस्थित मुख्यमन्त्री निवासमा आयोजित पत्रकार सम्मेलनका क्रममा मुख्यमन्त्री केदार कार्कीले पीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए।
मुख्यमन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद् बैठकबाट आर्थिकसँगै एक ट्रक राहात सामग्री प्रभावित प्रदेश सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ।
भूकम्प पीडितका लागि सरकारले लत्ताकपडा, ब्लाङ्केट, त्रिपाल र गुन्द्रीलगायत उपलब्ध गराउने भएको छ।
प्रतिक्रिया