राजधानी लाइभ,काठमाडौँ।
अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डलाई २ सय ८७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८६ रनमा अल आउट भयो ।
अष्ट्रेलियाका मार्नस लाबुसेनले ८३ बलमा ७ चौकासहित सर्वाधिक ७१ रन बनाए । स्टिभ स्मिथ ५२ बलमा ३ चौकासहित ४४, ट्रविस हेड ११, डेविड वार्नर १५ र जोश इंग्लिस ३ रनमा आउट भए ।
क्यामरन ग्रीन ५२ बलमा ५ चौकासहित ४७ रनमा आउट भए । मार्कस स्टोइनिसले ३२ बलमा ३ चौका र २ छक्कासहित ३५ रन बनाए । एडम जाम्पाले १९ बलमा ४ चौकासहित २९ रन जोडे ।
इंग्ल्यान्डका क्रिस वोक्सले ९.३ ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । मार्क वुडले १० आोभरमा ७० रन खर्चेर २ विकेट लिए । आदिल राशिदले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । डेविड विल्ली र लियाम लिभिङस्टनले समान एक विकेट लिए ।
प्रतिक्रिया