राजधानी लाइभ,काठमाडौँ।
आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा जुनमा हुने टि-२० विश्वकप खेल्ने २० मध्य १८ टोलीको टुङ्गो लागेको छ । आइसिसी विश्वकप एसिया क्षेत्र छनोटबाट नेपाल र ओमान छनोट भएपछि १८ टोलीको टुङ्गो लागेको हो ।
अमेरिका, वेस्टइन्डिज, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्युगिनी, क्यानडा, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाएका हुन् ।
अव आगमी नोभेम्बर २२ देखी ३० सम्म नामिबियामा अफ्रिका छनोट हुँदैछ । अफ्रिका छनोटमा आयोजक नामिबियासँगै केन्या, नाइजेरिया, रवान्डा, तान्जिनिया, युगान्डा र जिम्बावे छन् । शीर्ष दुई टोलीले विश्वकप २०२४ मा स्थान बनाउनेछन् ।
अमेरिका र वेस्टइन्डिज आयोजक हुँदा सोझै छनोट भएका हुन् । गतवर्ष विश्वकपमा शीर्ष आठमा रहँदै अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सोझै स्थान बनाएका थिए । वरियताको आधारमा अफगानिस्तान र बंगलादेशले पनि सिधैं स्थान बनाएका थिए ।
युरोप क्षेत्रबाट आयरल्यान्ड र स्कटल्यान्ड छनोट भएका थिए । इस्ट एसिया प्यासिफिक छनोटबाट पपुवा न्युगिनी, अमेरिका छनोटबाट क्यानडा, एसियाबाट नेपाल र ओमानले स्थान बनाएका थिए।
विश्वकप २०२४ जुन ४ देखी ३० सम्म अमेरिका र वेस्टइन्डिजमा हुनेछ । पहिलो पटक २० टोलीले भिड्दैछन् । यसअघि १६ टोलीले खेल्दै आएका थिए । तर आइसिसीले त्यसलाई बढाएर २० टोली बनाएको हो । नेपालले २०१४ पछि पहिलो पटक विश्वकप खेल्नेछ ।
प्रतिक्रिया