राजधानी लाइभ,काठमाडौँ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेकतामा एकता नेपालीको विशेषता भएको बताएका छन् ।
एकीकृत समाजवादी मोरङद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता नेपालले नेपाल राष्ट्र सबै जातजातिको फूलबारी भएकाले त्यसमा कहीँकतैबाट आँच आउन हुँदैन भने। उनले प्राकृतिक सम्पदाको समुचित उपयोग गरी रोजगारीका अवसर बढाउन अपरिहार्य भएको बताए ।
उनले कृषि विकासको माध्यमबाट आर्थिक उन्नयनको मार्गमा अग्रसर हुन सकिने बताए। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई समृद्ध बनाउन सबै राजनीतिक दलबीच सहकार्य र साझेदारी आवश्यक भएको बताए। उनले सर्वदलीय सरकारलाई नेकपा (एमाले)ले स्वीकार गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया