२३ मंसिर २०८०, शनिबार

अल नासरको जीतमा रोनाल्डोको गोल



राजधानी लाइभ, रियाद ।

क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतले साउदी प्रो लिगमा अल खलिजलाई हराउँदै अल नासरले सबै प्रतियोगितामा लगातार पाँचौँ जीत हासिल गरेको छ । शनिबार भएको खेलमा अल नासर २–० गोलले विजयी बनेको हो ।

खेलको २६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ९ खेलमा पोर्चुगिज स्ट्राइकरको यो ११ औँ लिग गोल हो । दोस्रो हाफको ५६ औँ मिनेटमा एमरिक लापोर्टेले अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।

यो सिजन पाँचौँ क्लिन सिट राख्न सफल अल नासर सबै प्रतियोगिताका पछिल्ला १६ खेलमा अपराजित रहेको छ । १२ खेलमा टोलीले २८ अङ्क बटुल्दै लिगको दोस्रो स्थानमा छ । अल हिलाल ३२ अङ्कसहित लिगको शीर्ष स्थानमा कायम छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ०८ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले