२३ मंसिर २०८०, शनिबार

भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने



राजधानी लाइभ,काठमाडौँ ।

चितवनको भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सहयोग घोषणा गरेको छ ।

महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले भूकम्प प्रभावितका लागि १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

महानगरको निर्णय अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।
महानगरपालिकाले जनप्रतिनिधिको एक महिनाको तलब, अधिकृतस्तरका कर्मचारीको ५ दिनको तलब, सहायकस्तरसम्मका कर्मचारीको ३ दिनको तलब, मावि शिक्षकको ३ दिनको तलब, आधारभूत तहका शिक्षकको २ दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको छ ।

महानगरपालिकाले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि स्थानीयसँग आह्वान गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : १३ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले