१९ मंसिर २०८०, मंगलबार

सशस्त्रले पठायो टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’



राजधानी लाइभ,काठमाडौँ।
सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सरक्षा फौज आज तीनवटा कन्टेनरमा १० हजार सात सय थान त्रिपाल लिएर रुकुम पश्चिमका लागि आज प्रस्थान गरेको हो ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणमा रहेको सात सय थान र नम्बर २२ गुह्वेश्वरी गणमा रहेको १० हजार थान त्रिपाल लिएर तीनवटा कन्टेनर प्रभावित क्षेत्रतर्फ गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

यसअघि भूकम्प प्रभावितका लागि आवश्यक सामग्रीसहित दाङबाट रुकुम पश्चिमका लागि र सुर्खेतबाट जाजरकोटका लागि दुईवटा डिजास्टर रेस्पोन्स सिस्टम (डिआरएस) कन्टेनर पठाइसकिएको उनले बताए ।

अहिले पनि सशस्त्र प्रहरीका पाँच सयभन्दा बढी जनशक्ति भुकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सक्रिय छन् । नेपाल प्रहरीका एक हजारभन्दा बढी जनशक्ति परिचालित छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ५ : ५२ बजे

टोपबहादुर रायमाझीका छोरा सन्दीपद्वारा पत्रकारमाथि हातपात, फुट्यो बुम माइक

राजधानी लाइभ, काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी

नवराज विक लगायतको हत्यामा संलग्न २३ जनालाई जन्मकैदको फैसला

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ सुरु भएको हो

सेयर बिक्रीबारे एनसेलले सरकारलाई स्पष्टीकरण पठायो

दूरसञ्चार कम्पनीले आफ्नो सेयर बेच्नुअघि प्राधिकरणबाट अनुमति लिनुपर्छ ।

एकीकृत समाजवादीको विधान हेरफेर गर्न कार्यदल गठन

यसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा

नेपालमा दर्ताको माग गर्दै सरकारलाई टिकटकले पत्र पठायो

राजधानी लाइभ, काठमाडौं ।  टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ