२३ मंसिर २०८०, शनिबार

भूकम्पका घाइतेको उपचारमा कमी नहुनदिन निर्देशन

राजधानी लाइभ,काठमाडौँ।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेलाई भेटेका छन् ।

आज भेरी अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझेका हुन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । उनले सरकारले घाइतेको निःशुल्क औषधि गर्ने जानकारी गराउँदै प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताए।

उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालमा भूकम्प प्रभावित घाइतेको प्रभावकारी उपचार, उद्धार र राहतका लागि भएका कामका बारेमा जानकारी गराएका थिए ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी गराएका थिए । सरकारले भूकम्प प्रभावित जिल्लाका घाइतेको उपचारका लागि भेरी अस्पताललाई
‘डेडिकेटेड अस्पताल’ तोकेको छ ।

भेरीमा भूकम्पका घाइतेको उपचारका लागि १०५ श्यया छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिमका ३७ घाइतेको भेरीमा उपचार भइरहेको छ । घाइते एक जना भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ५४ बजे

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

राजधानी लाइभ, दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु

राजधानी लाइभ, सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

राजधानी लाइभ, बेनी । केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने

ऋण लिन नागरिकता बन्धकी

राजधानी लाइभ, सप्तरी । साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

राजधानी लाइभ, झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले